१० असार, काठमाडौ । जापानको चिवाकेन सहरमा बस्ने नेपाली विद्यार्थीहरुको पहलमा भूकम्पपीडितका लागि संकलन गरिएको १४ लाख रुपैयाँको पोको बोकेर नेपाल आएका एक युवकले गरेको भ्रष्टाचारको प्रयास अन्ततः असफल भयो ।
चिवाकेनमा बस्ने नेपालीहरुले ‘चिवा बस्ने नेपाली तथा विद्यार्थी राहत संकलन समिति’ गठन गरी जापानका विभिन्न सहरहरुमा रकम संकलन गरेका थिए । विभिन्न ठाउँबाट उनीहरुले जापानी येन १८ लाख ३६ हजार अर्थात नेपाली १४ लाख ८७ हजार ५ सय २७ रुपैयाँ जुटाएका थिए ।
भूकम्पपीडितका लागि संकलन गरिएको रकम माइती नेपालको समन्वयमा अतिआवश्यक विद्यालयको पुनर्निर्माणमा लगाउने निर्णय गरी उनीहरुले समितिका संयोजक विवेक भण्डारीलाई रकम दिएर नेपाल पठाएका थिए ।
तर, भण्डारीले माइती नेपालसँग समन्वय नै नगरी सिन्धुपाल्चोकको राम्चे-६ स्थित आफ्नै गाउँमा रहेको सरस्वती माविमा उक्त सहयोग पुर्‍याएको थाहा पाएपछि पीडितका लागि विदेशमा बगाएको पसीनाको मूल्य खेर जान नदिन भन्दै समितिका सदस्य विजय न्यौपाने आफ्नै खर्चमा नेपाल आए ।
आफूहरुले पठाएको रकममा घोटाला हुने आशंकामा नेपाल आएका न्यौपाने विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुगे । टहरा बनाउनुअघि विद्यालयसँगको सम्झौतापत्र तथा निर्माणपछिको धन्यवाद ज्ञापनमा भण्डारी परिवारको पहलमा सहयोग पाएको विद्यालयले उल्लेख गरेपछि न्यौपानेमा चिसो पस्यो ।

Next
Newer Post
Previous
This is the last post.
Powered by Blogger.