१५ असार, काठमाडौं । सरकारले भूकम्पपछि जोखिममा परेका बस्ती १५ दिन भित्र सार्ने निर्णय गरेको छ ।
मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले जोखिमयुक्त बस्ती सार्ने निर्णय गरेको बैठकपछि शहरी विकास मन्त्री डा. नारायण खड्काले जानकारी दिए ।
बस्ती सार्नका लागि गृहमन्त्री बामदेव गौतम संयोजक तथा स्थानीय विकास र शहरी विकास मन्त्री सदस्य रहने गरी ३ सदस्यीय समिति बनाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह, स्थानीय विकास र शहरी विकास मन्त्रालयलाई जतिसक्दो छिटो जोखिमयुक्त बस्ती सार्ने जिम्मा दिएको थियो ।
