क्षेत्री २०६७ सालमा अवैध अमेरिकी पेस्तोलसहित पक्राउ परी २०७० सालमा छुटेका थिए ।
काठमाडौं गोंगबु बस्ने दाङ, तुलसीपुर नगरपालिका–१ की लेखा घर्तीलाई जडीबुटी व्यवसायको साझेदार बनाउने भन्दै नगद ८ लाख , सुनको सिक्री, औंठीसमेतका गरगहना लिएर फरार भएका थिए ।
क्षेत्रीले ठगी लगेको नगद ७९ हजार रुपैयाँ, १ थान सुनको सिक्री, ठगी गरेको रकमबाट खरिद गरेको बा.५६प. ८६०० नम्बरको स्कुटर, १ थान घडीसमेत प्रहरीले बरामद गरेको छ ।
क्षेत्रीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ
