५ साउन, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले प्रदेशहरुको सीमांकन गरेर मात्र नयाँ संविधान जारी गर्न सुझाव दिएको छ ।
rमधेस केन्द्रीत चार दलले प्रदेशको सीमांकन नभएको मस्यौदा स्वीकार्य नहुने भन्दै आन्दोलन गरिरहेका बेला बारले पनि सीमांकन गरेर जान सुझाव दिएको हो । वार एशोसिएसनले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संविधानको मस्यौदामा आफ्नो सुझाव दिएको छ ।
जसमा भनिएको छ-प्रदेशको सीमांकन गर्न छुट्टै आयोग बनाउने व्यवस्थाको सट्टा यसअघि नै बनेको आयोगले दिएको सुझाव समेतको आधारमा राज्यको सीमांकन अहिले नै गर्दा उपयुक्त हुनेछ । ‘सीमांकन गरेर जाउ भन्ने हाम्रो सुझाव हो’ बारका महासचिव सुनिल पोखरेलले अनलाइनखबरसँग भने-‘हामीले अन्तरिम संविधानको धारा १३८ सीमांकनसहितको प्रदेश
