२६ असार, काठमाडौं । टी–२० विश्वकप छनोट क्रिकेटका आफ्नो दोस्रो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि हुनेछ । अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेको नेपाली टोलीको आत्विश्वास बिलियो छ ।
शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
तर, ओपनिङको समस्या यथावत छ । सागर पुन व्यक्तिगत ६ रनमा आउट भएका थिए । सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डलले भने उपकप्तान ज्ञानेन्द्र मल्लसँग ७८ रनको कीर्तिमानी साझेदारी गरे ।
नामिबिया भने आरयल्याण्डसँग पराजित भएको छ । टी–२० मा नेपाल र नामिबिया पहिलो पटक भिड्न लागेका हुन् ।
केही महिना अघि भएको डिभिजन टुमा भने नेपालले नामिबियालाई उसकै घरेलु मैदानमा ३ विकेटले पराजित गरेको थियो । तर, उक्त प्रतियोगिताको लिग चरणमा नामिबिया विजेता बन्दै डिभिजन एकमा पुगेको छ ।
