तीन हजार डलर तिर्न नसक्दा साहुले पासपोर्ट दिएन
धादिङ: नीलकण्ठ-८ मगर गाउँकी सावित्री मगरको मोवाइलमा दिनँहुजसो विदेशको नम्वरबाट फोन आउँछ । दुई वर्ष अघिदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा बन्धक रहेकी छोरी सुनिताबारे केही नयाँ खवर आयो कि भनेर उनी हतार हतार फोन उठाउँछिन ।


यताबाट हेलो भन्न नपाइ उतैबाट रुँदै गरेकी सुनिता मगर बोल्छिन, ‘आमा मलाई अब यहाँ मारेर फाल्दिने भइसके, तिमीले छिटो नेपाल झिकाएनौ भने छोरी जिउँदो भेट्ने छैनौ ।’

दिनहुँ विहानीपख छोरीले फोन गरेर छिटो नेपाल झिकाउन रुने गरेको सुनाउँदै सावित्री मगर भन्छिन, ‘दलाले त्यस्तो ठाउँमा पुर्‍याइदिए छ । मलाइ छिटो झिकाउ मात्रै भन्छे मैले कहाँ के गर्नु ?'

आफ्ना २ बालबच्चाको लालन–पालनका लागि बैदेशिक रोजगारमा गएकी सुनितालार्इ दलालले सिरिया पुर्‍याएर अलपत्र पारेपछि उनको विचल्ली भएको हो । श्रम अनुमति नै नभएको सिरियामा दलालमार्फत पुगेकी सुनिता त्यहाँ पुगेपछि मात्रै आफु ठगिएको थाहा पाएकी थिइन् ।

दलालले उनलार्इ त्यहाँको एक घरमा सिरियाकै एजेन्टमार्फत काम लगाई दिएर उनको पारिश्रमिक एकमुष्ट ५ हजार डलर लगेको थाहा पाएपछि आफु ठगिएको थाहा पाइन् । विदेश जाँदा पैसा नलाग्ने भन्दै पोखराका राजु ढुङ्गानाको विश्वासमा पर्दा आफु सिरियामा अलपत्र परेको उनले बताएकी छन् ।

टेलिफोनमा निकै भावुक हुँदै भनिन्, ‘मलाइ सुरुमा पैसा लाग्दैन भन्यो, चिनेको मान्छे भएकाले विश्वास गरेँ । तर मेरो तलब त उसले पहिल्यै लगेको रहेछ ।’

एजेन्टले काममा लगाइदिएको घरमा सुरुमा राम्रै भएपनि तलब माग्दा पहिल्यै लगेको भनी साहुले दिनहुँ पिट्ने, खान नदिने र फोनमा कुरा गर्न नदिँदा अहिले भागेर त्यही काममा लगाइदिने एजेन्टकहाँर बसिरहेको सुनिताले बताइन् ।

‘मलाइ यहाँ ल्याउनेले सुरुमै ५ हजार डलर लिएर गएछ । मैले २ वर्ष काम गरेको २ हजार डलर काटिएपनि बाँकी ३ हजार डलर दिएमात्र पासपोर्ट फिर्ता दिने भनेकाले मैले केही गर्न सकिन ।’
Powered by Blogger.