२४ असार, काठमाडौं । संविधानको प्रस्तावित समस्यौदाप्रति असुन्तुष्ट मधेस केन्द्रीत चार दलले संविधानसभा बैठकमा नाराबाजी गरेका छन् ।

तर, नाराबाजीका बीच संविधानसभा बैठकले संविधानको मस्यौदामाथि जनताको राय सुझाव संकलन गर्ने कार्ययोजना बहुमतले पास गरेको छ ।

बिहीबार बैठक सुरु हुनासाथ मधेसवादी दलका सभासदहरु उठेपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सद्भावनाका लक्ष्मणलाल कर्णलाई समय दिए ।

उनले सबै प्रक्रियालाई मिचेर संविधानसभा अघि बढेको भन्दै आपत्ति जनाए । लगतै मधेस केन्द्रीत चार दलका सभासदहरुले राष्ट्रम अगाडि नाराबाजी गरेका छन् ।

तर, मधेसवादी दलहरुको नाराबाजीका बीच संविधानसभा बैठक अघि बढेको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नियम संगत रुपमा नै काम भइरहेको बताए । सभाध्यक्ष नेम्वाङले आसन ग्रहण गरेर संविधान निर्माण प्रक्रिया टुङ्गोमा पुर्‍याउन सहयोगका लागि आग्रह गरे ।

उनले माघ ७ गते भएको रुलिङ स्मरण गराउँदै संविधानसभा संविधान बनाउन लागि भएको र अवरोध स्वीकार्य नहुने बताएका छन् ।

सभाध्यक्षको आग्रहपछि पनि मधेसवादी दलहरुले नाराबाजी नरोकेपछि प्रक्रिया अघि बढेको छ ।

नागरिक सम्वन्ध समितिका सभापति प्रमिला रानाले मस्यौदामाथि जनताको सुझाव दिनेसम्वन्धी कार्यतालिका पेश गरेकी छन् । जसलाई संंविधानसभाले बहुमतले पारित गरेको छ ।
Powered by Blogger.