एयर अरबियाको जहाजबाट काठमाडौं उत्रेका रामनिबास नामका भारतीय नागरिकलाई खानतलासी गर्दा उनको कट्टुभित्र चार किलो सुन भेटिएको हो । सुनसहित रामनिवासलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका रामनिबास र बरामद गरिएको सुनबारे अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डिआइजी विजयलाल कायस्थले अन्नपूर्णसँग बताए।
