एजेन्सी – जुलाई अन्तिम साता अमेरिकी राष्ट्रपति बाराक ओबामा पूर्वी अफ्रिकी देश केन्याको भ्रमणमा जाँदै छन् । त्यहाँ उनलाई उच्च सम्मानका साथ स्वागत गरिनु अनौठो होइन । एक वृद्दा भने माछा, कुखुरा र मकैका परिकारबाट स्वगत गर्ने तयारीमा छिन् ।
ती वृद्दा अरु कोही नभएर उनकै हजुरआमा मामा सराह हुन् । केन्या ओबामाका स्वर्गीय पिताको जन्म देश हो, जहाँ उनको धेरै नातेदारको बसोबास छ । विभिन्न अफ्रिकी देशको चारपटक भ्रमण गरिसकेका ओबामा केन्या भने पहिलोपटक जाँदै छन् ।
ओबामाका हजुरबा हुसेन ओन्याङगोकी तेस्री पन्ती हुन् सराह, जो पश्चिमी भागको सानो गाउँ कोगेलोमा बस्छिन् । त्यही गाउँमा जन्मे हुर्केका थिए ओबामाका पिता पनि । अध्ययनका लागि बिदेसिनुअघिसम्म त्यहीको माटोमा खेलेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
