२० असार, काठमाडौं । नेपाल अन्तराष्ट्रिय टी-२० क्रिकेटको वरियता क्रममा प्रवेश पाएको छ । तर, नेपाल पुछारमा परेको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको टी-२० को वरियता क्रममा नेपाल १५ औं स्थानमा छ । हालै नेदरल्याण्डविरुद्धको चार म्याचको श्रृखला खेलेपछि नेपाल पहिलो पटक टी-२० को वरियता क्रममा पर्न सफल भएको हो ।

Powered by Blogger.