काठमाडौं : सिंगो मुलुक अझै पनि भूकम्पको शोकमा रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ६९ औं जन्मोत्सव मनाएनन् ।

२००४ साल असार २३ गते जन्मेका ज्ञानेन्द्रको बुधबार ६९ औं जन्मदिन परे पनि उनले बुधबार निर्मलनिवासमा कुनै कार्यक्रम आयोजना गरेनन्। राष्ट्रिय विपत्तिको यही पिडाभावलाई आत्मासाथ गरी आफूले यो वर्षको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय लिएको पूर्व राजाले बताएका छन्।


विनाशकारी भूकम्प र त्यसपछिका निरन्तरका परकम्पका कारण सिंगो मुलुक संकटमा र जनता शोकमा रहेकोले पूर्व राजाले शुभजन्मोत्सव  नमनाउने निर्णय गरेका हुन्। शाहका सहयोगी फणीराज पाठकले  शुभजन्मोत्सव नमनाउने पूर्वराजाको निर्णयबारे जानकारी दिएका हुन्।

हाम्रा अनेकौं गौरव लाग्दा ऐतिहासिक, धार्मिक , सांस्कृतिक सम्पदा तथा संरचना पनि ध्वस्त हुनु पुगी प्रकृतिको विनाशकारी दुर्दशा भोग्नु परेको अवस्थामा सबै मिलेर र सबैलाई मिलाएर मुलुकको पुनरसंरचना तथा नवसिर्जना तर्फ सबैको सहयोगी हातहरु अघि बढोस् भन्ने कामना पूर्वराजाले गरेका छन्।

Powered by Blogger.