१८ असार, काठमाडौं । पूर्वसभासद शान्ता चौधरी आफ्ना छोराछोरीको उमेरका किशोर-किशोरीहरुसँग कक्षामा बसेर पढिरहेकी छिन् । आफू सभासद हुँदा नपढेकै कारण बेलाबेलामा चुक्नुपरेको महसुस भएपछि उनी विद्यालय भर्ना भएकी हुन् ।
सरकारले केही समयअघि सवारी चालकको लाइसेन्स लिन एसएलसी पास हुनुपर्ने प्रस्ताव ल्यायो । खासगरी सामाजिक सञ्जालमा नेता तथा सभासद हुन कुनै योग्यता नचाहिने तर, ड्राइभरको हुन किन चाहिने भन्दै आलोचना भयो ।
अहिले संविधानसभामा पेश भएको प्रस्तावित नयाँ संविधानमा प्रतिनिधिसभा वा प्रदेशसभाको सदस्य बन्न कुनै शैक्षिक योग्यता तोकिएको छैन ।
हुन त राजनीतिज्ञलाई शैक्षिक योग्यता तोक्नुपर्छ कि पर्दैन भन्ने विश्वव्यापी बहसको विषय हो । राजनीतिक आन्दोलनमा खेेलेको भूमिकादेखि जेलनेल बसेकोलाई योग्यताका रुपमा हेर्ने प्रचलन रहँदै आएको छ ।
सुशील र ओलीको शैक्षिक योग्यता
सभासदहरुको परिचय पुस्तिकामा प्रधानमन्त्री सुशील कोइरालाको शैक्षिक योग्यता उल्लेख छैन । जानकारहरुका अनुसार उनले आइएसम्मको अध्ययन गरेका छन् । गिरिजाप्रसाद कोइरालाको पनि शैक्षिक योग्यता खासै धेरै थिएन ।
सुशीलपछि प्रधानमन्त्री बन्न लागेका केपी ओलीको पनि औपचारिक शैक्षिक योग्यता धेरै छैन । तर, सभासदको परिचयपुस्तिकामा उनको ओलीको शैक्षिक योग्यता अनररी पीएचडी लेखिएको छ । तर, कुन विषय र कहाँबाट भन्ने उल्लेख छैन
Powered by Blogger.