२
७ असार, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले कामदार विदेश जान नपाउनुको दोषी सरकार भएको आरोप लगाएका छन् ।
आफूहरु जिरो कस्ट लागतमा विदेश पठाउने विषयको विरोधी नभएको भन्दै गुरुङले भने-‘हामीले जिरो कष्टको विरोध गरेका हैनौं । नियम लागू गर्नुस, हामीले विरोध गरेका हैनौं । सरकारसँग मेकानिजम बनाउँ, कोटा ग्यारेन्टी गरौ भनेका हौं । हामीले कोटा ग्यारेन्टी गरेर अघि बढेमात्र नेपालीको रोजगारी गुम्दैन ।’
गुरुङले मन्त्रीले आफूहरुलाई वार्ताका लागि बोलाएपनि वार्तामा नबसेको बताएका छन् । उनले भने-‘श्रम मन्त्रीले हामीलाई पत्र काटेर ज्ञापनपत्रमाथि छलफल गर्न बोलाउनुभएको छ । तर, हाम्रो माग पूरा नभएसम्म हामी वार्तामा बस्दैनौ भनेका छौं ।’
सरकारले मलेसिया, कतार, बहराइन, साउदी अरब, यूएई, ओमन र कुबेतमा असार २१ गतेदेखि फ्री भिसा र फ्री टिकटमा मात्रै कामदार लैजाने निर्णय गरेपछि ब्यवसायीहरु काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।
ब्यवसायीहरुको तर्फबाट नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीको निम्ति विभिन्न क्षेत्रमा रहेका शाखारसम्पर्क कार्यालय र गलत ब्यक्तिको भरोसामा राहदानी दिने, अन्तरवार्ता दिने, मित्रराष्ट्र हुँदै विदेश जानेरपठाउने प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।
