८ साउन -सांसद् अमेशकुमार सिंहले संसद्मा प्रधानमन्त्रीको मानसिक अवस्था कमजोर भएको भनेपछि संसदंमा हंगामा मच्चिएको छ।
अमरेश कुमारले भने, ‘प्रधाानमन्त्री ओलीलाई औषधि नियमति लिन डाक्टरहरुले भनेका छन्। उहाँले औषधि लिइरहनु भएको छ। सायद यसले पनि उहाँको मानसिकतामा असर परेर होला पदबाट राजीनामा नदिएको।’
उनले यति बोलेपछि संसद्मा एमाले सासंद्ले उठेर आपतति जनाएका थिए।
केहीबेर संसद्मा होहल्ला भएको थियो।[ads-post]
प्रधानमन्त्रीको मानसिक अवस्थामा प्रश्न गर्ने अधिकार कसैलाई नभएको बताउदै एमाले सांसद्ले सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट तत्काल हटाउन विरोध गरेका थिए।
एमाले संसदको विरोधपछि सभामुख ओनसरी घर्तीले रेकर्डबाट हटाउन निर्देशन दिएपछि संसद् पुन: चलेको थियो। सभामुखले भनिन्, ‘रेकर्डबाट हटाउन निर्देशन दिन्छु र माननीय सदस्यलाई मर्यादित शब्द बोल्न आग्रह गर्दछु ।’