त्रिवि शिक्षण अस्पतालमा आठौंपटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा सर्वसाधारण, विद्यार्थी तथा अन्य पेसाकर्मीहरुले ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका छन् ।
 बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलमा हजारौंको संख्यामा जम्मा भएका सर्वसाधारणले नयाँ बानेश्वर पुगेर धर्ना दिइरहेका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नयाँ बानेश्वर चोकमा धर्नामा बसेका छन् । आज डा. केसीको अनसनको १४ औं दिन हो ।
[post-ads]
दुई दिनदेखि सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता भएपनि त्यो निष्कर्षमा भने पुग्न सकेको छैन ।
Powered by Blogger.