‘नेपाललाई हाम्रो साथ आवश्यक छ’ भन्ने मुख्य नारा लिएर यूरोपका विभिन्न देशमा सांकृतिक कन्सर्ट आयोजना हुने भएको छ । पासापुच बेल्जियमले आयोजना गर्न लागेको कार्यक्रममा नायिका अशिष्मा नकर्मी, गायक प्रमोद खरेल, विवेक श्रेष्ठ र आस्था राउत सहभागी हुँदैछन् ।
करिब एक महिनाको यात्रामा यूरोपका विभिन्न देशमा कार्यक्रम हुने नायिका नकर्मीले अनलाइनखबरलाई बताइन् । उनका अनुसार बेल्जियम, फ्रान्स, जर्मन लगायतका  देशमा कार्यक्रम हुनेछ । उनले कार्यक्रममा आफूले नृत्य गर्ने बताइन् । साथमा एउटा नाटक पनि गर्ने तयारी गरेको अशिष्माले जानकारी दिएकी छिन् ।
आइतबार बेल्जियमबाट सुरु हुने कार्यक्रमका लागि कलाकारको टोली शुक्रबार बेलुकी यूरोप प्रस्थान गर्न लागेको हो ।
वैशाख १२ गते गएको भूकम्पका कारण पीडित बनेका नेपालीहरुको सहयोगका लागि भन्दै यो कार्यक्रम आयोजना गर्न लागिएको हो । च्यारेटी कार्यक्रम भएकाले पारिश्रमिक कम लिएको नायिका नकर्मीले बताइन् ।
Powered by Blogger.