काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीमा इंग्ल्याण्ड भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ ।
बिहीबार भएको खेलमा नेपाल मिडिलसेक्स क्रिकेट क्लबको दोस्रो ११ टोलीसँग १४ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको मिडिलसेक्सले २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनायो । उसका लागि बालबेर्नीले ४५ बलमा ७२ रन बनाए ।
-इंग्ल्याण्ड भ्रमणमा नेपालको हार
नेपालका जितेन्द्र मुखिया २ र सोमपाल कामीले १ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको नेपालले ७ विकेट गुमाएर १५० रन बनयो । नेपालको सुरुवात निकै खराव थियो । ओपनिङ जोडीमा सुवास खकुरेल र सागर पुन थिए ।
तर, सागर पहिलो ओभरको अन्तिम बलमा नै शुन्य रनमा आउट भए । दोस्रो विकेटका लागि सुवास र ज्ञोनन्द्र मल्लले ६९ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्ल ४१ रनमा आउट भए । थप एक रन जोड्दा कप्तान पारस खड्का पनि आउट भए ।
Powered by Blogger.