१४ असार, काठमाडौं । साँझ ७ बजे बस्ने भनिएको संविधानसभाको बैठक फेरि सरेको छ । बैठक राति ९ बजेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि सोमबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक ७ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

संविधानसभाको बैठकमा संविधानको मस्यौदा पेश गर्ने तयारी गरिए पनि असन्तुष्ट मधेस केन्दि्रत दल र राप्रपा नेपालले अवरोध गर्ने चेतावनी दिएपछि सहमतिको प्रयास भैरहेको छ ।

राजनीतिक दलका नेताहरुको छलफल लम्बिएकाले बैठक पनि सारिएको संविधानसभा सचिवालयले जनाएको छ । नयाँ संविधानको मस्यौदा पेस गर्ने र जनताको सुझावका लागि पठाउने संविधानसभाले तयारी गरेको छ ।

नयाँ संविधानको मस्यौदालाई आइतबार फरक मतसहित मस्यौदा समितिले पारित गरेको थियो ।
Powered by Blogger.