१४ असार, काठमाडौं । असन्तुष्ट मधेसवादी दलहरुले संविधानसभाभित्र संविधानको मस्यौदा च्यात्ने चेतावनी दिएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सोमबार बसेको बैठकमा नेताहरुले संविधानसभामा संविधानको मस्यौदा पेश गर्दा कडा प्रतिवाद गर्नु पर्नेमा जोड दिएका छन् । सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने-‘मस्यौदा पेश भएपछि भित्रै च्यातेर विरोध गर्छौं ।’
संविधानसभाको बैठक साँझ ७ बजे बोलाइएको छ । बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले नयाँ संविधानको मस्यौदा पेश गर्ने कार्यक्रम छ ।
१६ बुँदे सहमतिप्रति संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सद्भावना र तमसपा असन्तुष्ट छन् । सद्भावना मस्यौदा समितिको बैठक बहिस्कार गरेको थियो भने फोरम नेपाल लगायतका दलले भने मस्यौदामा फरक मत राखेका छन् ।
Powered by Blogger.