नेपाली कामदार अब मलेसिया जान नपाउने !
सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने
माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको
छ । यसअघि मलेसिया सरकारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट
लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा
खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग
गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने
तयारी गरेको छ ।
