भूकम्प पीडितहरुको राहत र पुनस्थापना कार्यमा सघाउन डिफानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दामोदर शर्माले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।
संघले गोरखा,धादिङ्ग, काभ्रे, सिन्धुपाल्चोक,नुवाकोट र भक्तपुरमा टेण्ट त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री पनि वितरण गरेको जनाएको छ ।