२५ असार, काठमाडौं । टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल आज अमेरिकासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ । व्याटिङ समस्याबाट गुज्रिरहको नेपाल आफ्नो लयमा आउने अपेक्षा गरिएको छ ।

नेदरल्याण्ड भ्रमणमा सुवास खकुरेल, सागर पुन र विनाद भण्डारीको प्रदर्शन निराशाजनक थियो । राष्ट्रिय टीममा पुनरागमन गरिरहेका प्रदिप ऐरीले धेरै रन नबनाएपनि केही आश देखाएका छन् ।

बलिङमा तीव्र गतिका सोमपाल कामी र करण केसीँसँगै स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मी हुनेछन् । टी–२० मा नेपालको मुख्य हतियार मानिएका जितेन्द्र मुखिया पुरानै लयमा फर्कन बाँकी छन् ।

पाँचौ बलरको भूमिकामा कप्तान पारस खड्का र सागर पुन हुनेछन् ।

अमेरिकी टोलीमा भने उसका विस्फोटक ब्याट्सम्यान स्टेभन टेलर हुनेछैन । बोर्डको आन्तरिक विवादमा रुमल्लिएको अमेरिकाको टोलीमा नयाँ अनुहार धेरै छ ।

अहिलेसम्म सबैखाले क्रिकेटमा नेपाल र अमेरिकाले १९ खेल खेलेका छन् । जसमा ११ खेलमा नेपाल विजयी भएको छ । सन् २०१३ मा भएकोे अभ्यास खेलमा ५ विकेटले हारेको नेपाल आज सोही प्रतिद्धन्द्धीलाई हराउँदै प्रतियोगितामा विजयी सुरुआत गर्न चाहन्छ ।

प्रतियोगिताबाट ६ टोली आउँदो वर्ष भारतमा हुने विश्वकप टी–२० का लागि छानिने छन् ।
Powered by Blogger.