नुवाकोटको ढिकुरेमा महत चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको महतका प्रेस संयोजक गजेन्द्र बिष्टले पुष्टि गरेका छन् ।
नुवाकोटको खरानीटारमा आयोजित सुझाव संकलन कार्यक्रममा जाँदै गर्दा ढिकुरे पुगेपछि महतमाथि आक्रमण प्रयास भएको हो ।
आक्रमणकारीको पहिचान भएको छैन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मन्त्री महत कार्यक्रम स्थलमा पुगिसकेको र त्यहाँको स्थिति सामान्य रहेको महतका सहयोगी रमेश महतले बताए ।
