भीड नियन्त्रणका लागि प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रदर्शनकारीले माधव नेपाल चढ्ने गरेको बा १३ च १४९१ नम्बरको गाडी तथा अन्य आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेपछि प्रहरीले हवाइ फायर गरिएको हो ।
गौर नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा आफूहरु पनि पस्न पाउनुपर्ने माग गर्दै स्थानीयबासी प्रदर्शन गरेपछि झडप भएको थियो । स्थानीयवासीको प्रदर्शनमा मधेसवादी दलका कार्यकर्ताहरु मिसिएपछि यसले हुलदंगाको रुप लिएको छ ।
सभाहलभित्र पसेपछि सदभावना नेता अनिल झाले बाहिर सर्वसाधारणलाई किन रोकेको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि हलमा रहेका पूर्वसभासद् बबन सिंह समेत उत्तेजित बनेपछि तनाव सुरु भयो । प्रहरीले सिंहलाई बल प्रयोग गरी बाहिर निकालेको थियो ।