भारतीय गृहमन्त्रीले भने-शान्ति र संविधान टुंगो लाउनुस्
१ साउन, नयाँदिल्ली । भारतका गृहमन्त्री राजनाथ सिंहले एनेकपा माओवादी अध्यक्ष प्रचण्डसँग भारतको माओवादी विद्रोहको सन्दर्भ कोट्याएका छन् ।
कुनै बेला भारतमा आतंककारी घोषित भाकपा माओवादीसँग भाइचाराको सम्बन्ध रहेका तत्कालिन नेकपा माओवादी अध्यक्ष प्रचण्डसँगको द्विपक्षीय भेटवार्तामा यहाँको माओवादी विद्रोहबारे छलफल भएको हो ।

राजनाथसँग प्रचण्डको भेटपछि दिल्लीमै रहेका पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा गृहमन्त्री सिंहले भने, ‘भारतको माओवादी विद्रोहका बारेमा पनि कुरा भयो, प्रचण्डजीले नेपालको भूमी भारत विरुद्ध प्रयाोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
प्रचण्ड र राजनाथ सिंहबीच गृह मन्त्रालयम ‘वान टु वान’ वार्ता भएको थियो । करीव आधा घण्टा लामो वार्तामा नेपालको सविधान लेखन प्रक्रियाबारे सिंहले चासो राखेका थिए ।
पटक-पटक नेपाल भ्रमण गरेका सिंहले प्रचण्डलाई सविधान कहिलेसम्म आउला भन्ने प्रश्न राखेको धमलाले अनलाइनखबरलाई बताए । जवाफमा प्रचण्डले एक महिनाभित्रमा संविधान जारी हुने बताएका थिए ।
भारतीय जनता पार्टीका दोस्रो बरियताका नेता सिंहले प्रचण्डलाई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया टुंगो लगाउन आग्रह गर्दै त्यसका लागि भारतको जस्तोसुकै सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Powered by Blogger.