१ साउन, नवलपरासी । नवलपरासीको विश्वकर्मा बाबाको मन्दिर नजिक शुक्रबार विहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीका अनुसार भरतपुरस्थित नयाँ मेडिकल कलेज उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो ।
दुम्किबास ५ दाउन्ने स्थित विश्वकर्मा बाबाको मन्दिर नजिक यु पी ३२ डि एन ०८५४ नम्बरको भारतीय नम्बर प्लेटको ट्यांकरले दाङका लागि छुटेको ना ४ ख ५१४३ नम्बरको बसलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

घटनास्थलमै ६ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ । मृतक मध्ये मध्ये ५ जनाको सनाखत भएको छ ।
ज्यान गुमाउनेमा कावासोती ८ थकाली चोककी २३ बर्षीया सुमित्रा लामा, उनकी ७ महिनाकी छोरी अंशु, बर्दघाट ६ की ५० बर्षीया माइली लामा, दाङ विजौरी २ का ३२ बर्षीय जीवन खड्का र दाङकै घोराही नगरपालिका २ निवासी वर्ष ४५ का गोविन्द बस्नेत छन् ।
अझै चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक सोमबहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । घाइते मध्ये २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने ६ जनाको दुम्किबासको पर्वत मेडिकलमा उपचार भइरहेको छ ।

Powered by Blogger.