सम्पदा पुनर्निर्माणका लागि खडा गरिएको सम्पदा कोषमा रकम जम्मा गर्न सरकारले बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा एक प्रतिशत कर लगाउने निर्णय गरेपछि टेलिफोन कल महँगो हुने भएको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले यसबाट संकलन हुने रकम सीधै सम्पदा कोषमा जम्मा हुने जानकारी दिए।
ल्यान्डलाइन फोनको शुल्कमा पनि एक प्रतिशत वृद्धि हुनेछ । दूरसञ्चार क्षेत्रमा २७ प्रतिशत कर लाग्दै आएकोमा अब बढेर २८ प्रतिशत पुगेको छ।
अर्थ मन्त्रालयका अनुसार यस्तो शुल्कबाट वार्षिक ६० करोड रुपैयाँं कोषमा जम्मा हुने अनुमान छ।
