क्वालालम्पुरस्थित विभिन्न सात कम्पनीले हवाई टिकट निःशुल्क उपलब्ध गराएपछि ती नेपालीलाई घर फर्काइएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दूतावासका अनुसार त्यहाँस्थित विभिन्न 'डिटेन्सन सेन्टर'मा जेल सजाय भुक्तान गरी छुटेका नेपालीलाई राखिएको थियो।
दूतावासले टिकटको व्यवस्था गरी घर फर्काउन सहयोग गरेकोमा कम्पनीहरूलाई धन्यवाद पनि दिएको छ।
