जनकपुर: झगडा गरिरहेका व्यक्तिलाई झगडा नगर भनेर सम्झाउनु पर्यो भने "कस्तो कुकुर बिरालो जस्तो झगडा गरिरहेको" भनेर भन्ने गरिन्छ । धनुषाको भूचक्रपुर ४ मा भने उक्त नेपाली भनाईलाई दुई कुकुर बिरालोको प्रेमले उल्टाइदिएको छ ।
भूचक्रपुरमा रहेको एक कुकुरले बिरालोको बच्चालाई दुध चुसाएर हुर्काउदै गएपछि गाउँलेहरु अचम्मित भएका छन् । 'कुकुर र बिरालो बिचको घनिष्ट मायाँ देखेर हामी छक्क परेका छौँ', स्थनिय रामनाथ महतोले भने ।
सगैँ खाने र सुत्ने मात्र नभएर अन्य कुकुरको आक्रमणबाट समेत बिरालोलाई कुकुरले रक्षा गर्ने गरेको स्थानियवासीको भनाई छ ।
गाउँभरीनै ती कुकुर बिरालोको माया देखेर प्रसंशा हुने गरेको छ, स्थानिय महतोले भने 'उनीहरुको माया देखेर गाउंलेहरुले नियमित रुपमा ती कुकुरबिरालोलाई खानेकुरा दिदै आएका छन् ।'
४ महिना अघि एक बिरालोले दुईवटा न्याउरो र कुकुरले पनि सोही समयमा ३ वटा छाउरो जन्माएको थियो । कुकुरका सबै छाउरा रोगले मरेपछि कुकुरले बिरालोको न्याउरोलाईनै दुध चुसाएर हुर्काउदै हुर्काउदै गएपछि उनिहरुको माया प्रगाढ हुदै गएको गाउलेहरु बताउछन् ।
