साउदी अरेबियाको नेतृत्व गर्ने देश र इरान समर्थित हाउती विद्रोही बिच भइरहेको युद्धमा गएको मार्चदेखी हालसम्म ३ हजारभन्दा बढीको ज्यान गइसकेको पनि बताइएको छ ।
साउदीका एक प्रवक्ताले भनेका छन् 'आक्रमण हाउती लडाकुमाथी भइरहेको छ, सर्बसाधारणमाथी हमला गर्ने कुनै उदेश्य छैन ।'
त्यसो त यमनका लागि संयुक्त राष्ट्र सघंका विशेष दुत इस्माइल ओउल्द शेख अहमदले हाउती विद्रोहीसँग बार्तामा बसेर युद्धविरामको अपिल भइरहेको बताएका छन् ।