प्रहरीका अनुसार एक ईवेंट कम्पनीका म्यानेजर २६ वर्षीय प्रसाद सावन्त २४ वर्षीय एकता तलवाडकरबीच करिब ११ वर्षदेखि अफेयर चलिरहेको थियो । एकता पनि एक बड़ी ट्रेवल कम्पनीमा काम गर्छिन् । दुबै विहे गर्न चाहन्थे तर, एकताका परिवारले प्रसादसँगको विहेलाई अस्वीकार गरे ।
त्यसपछि प्रसाद र एकताले सुसाइड गर्ने योजना बनाए । शनिवार साँझ ७ः२६ मिनेटमा प्रसाद र एकताबीच भेटवार्ता भयो । तर सुसाइड गर्नुभन्दा पहिला प्रसादले चक्कुले एकताको घाटी काटेर आफूलाई पुलिस स्टेशन गएर आत्मसमर्पण गरे ।
पुलिसका अनुसार, प्रसाद करिब १५ दिन पहिला नै एकतालाई मार्न चाहन्थे र यसका लागि उनी चक्कु बोकेर घुमिरहेका थिए । एकताका परिवार भन्छन्-‘प्रसादलाई एकता राम्रो मान्दैनथिईन् किनकि उनी धेरै रक्सी खान्थे । प्रहरीले पनि भनेको छ कि एकताको हत्या गर्दा प्रसाद रक्सीको नशामा थिए । प्रहरीले प्रसादलाई पक्राउ गरेर उनीमाथि ज्यान मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाइएको छ । एजेन्सी
