काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीको हर्कतप्रति चर्चित कलाकार दीपकराज गिरीले झटारो हानेका छन् ।

नेपाल टेलिभिजनको साप्ताहिक हास्य टेलिश्रृंखला तितो सत्यका कलाकार दीपकराजले विहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै कृषिमन्त्री पराजुलीलाई ‘आगों छुनु, आइमाइ नछुनु !’ भनी व्यंग्य हानेका हुन् ।

यस्तो छ दीपकराज गिरीको फेसबुक व्यंग्य :

आज म लेख्दैछू….

आषाढ़ १५ धान रोप्ने मुख्य दिन । रोपेको फल्न ४ महिना लाग्नुपर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यस्को पर्सी पल्टै फल्यो । छदॉ खॉदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो ।

एमालेले सहि निर्णय पनि लियो । तर यसमा ठूलो पाठ लुकेको छ, म लगायत सबै पुरूषका लागि शिक्षा हुन सक्छ सायद यो घटना ।

आगों छुनु, आइमाइ नछुनु !

भ्रष्टाचार गर्या भए बरू अदालतबाट प्रमाणित हुनु पर्थ्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोको ४८ घन्टामै जागिर चट ।

कस्तो रहेछ यो ?

महान आशाराम । क्षणभरमै निराशाराम बन्न पूगे ।
विल किल्नटनमा लेवेन्सकि चन्द्रमा मा दाग झै बनिन् ।
बिश्वामित्र त्यहि महिला प्रेमबाट साधुबाट आलु भए ।
त्यसैले नयॉ आउने कृषि मन्त्रीज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउँलान् तपाइलार्इ ।
साउन १५ मा मन्त्रीज्यू दॉया बॉया नहेरी खेत गोडनु
राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोडनु

आजलाई यतिमात्रै ।

Powered by Blogger.