शुन्य नम्बर ल्याएकी संगीता फस्ट डिभिजनमा पास
काठमाडौं, असार २८ – परीक्षा नियन्त्रण कार्यालयको हदैसम्मको लापरवाही एसिड आक्रमणमा परेपछि घाइते भएकी संगीता पुलामी मगर अर्थात वास्तविक नाम खड्गमाया पुलामी प्राक्टिकल बाहेक अन्य सबै विषयमा शुन्य नम्बरमै समेटिएकी थिइन् ।

आक्रमणपछि उपचारका क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको शैयाबाटै एसएलसी दिएकी खड्गमायाले अहिले फस्ट डिभिजनको मार्कसिट पाएकी छिन् । उनले पाएको मार्कसिट रातोपाटीलाई प्राप्त भएको छ । उनले ६५ प्रतिशत ल्याएको मार्कसिटमा उल्लेख छ । यसअघि नतिजा सार्वजनिक हुदाँ उनी फेल भएकी थिइन् ।

Powered by Blogger.