[right-side]अभिनेता अनमोल केसीले निर्माण गरेको चलचित्र म त तिम्रै हुँ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । अनमोलकी आमा अभिनेत्री सुस्मिता केसीको लेखन तथा अभिनय रहेको चलचित्र म त तिम्रै हुँ देशभरीका ७५ वटा हलमा प्रदर्शनमा आएको निर्माण टोलीले जनाएको छ । श्रीराम महतको निर्देशनमा बनेको चलचित्रका निर्माता नायक अनमोल केसी र सुभास थापा हुन् । चलचित्रमा नवनायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीले मुख्य भूमिका छ । कलाकार जीवन भट्टराईले खलपात्रको भूमिकामा अभिनय गरेका छन् । बनिश शाह र मिलन श्रेष्ठले छायंकन गरेको यो चलचित्रमा हर्कुलस बस्नेतले संगीत दिएका छन् ।
Powered by Blogger.