फिल्म रिलिज अगाडी फिल्मलाई लिएर चलेका विभिन्न चर्चाले फिल्मले अत्याधिक हाइप र चर्चा बटुलेको यो। वक्सअफिस र फिल्मको पर्दामा रजनी कस्तो रूपमा उपस्थित हुनेछन् त्यो दृश्य सतहमा आउने नै छ।
सामान्य परिवारमा जन्मिएका रजनीले कमाएको नाम एक किसिमले फिल्मी नै छ। दर्शकहरूले उनलाई भगवान झैं मान्दछन्।
- .उनका करोडौं प्रशंसक छन् तर, धेरैलाई उनका जीवनका धेरै रहस्य थाहा नहुनसक्छ। जसमध्ये उनीसँग जोडीएका केही रहस्यहरू यस्ता छन्:
- टाइम्स अफ इण्डियाका अनुसार तमिल फिल्म उद्योगका ‘भगवान’ मानिने नायक रजनीकान्त महाराष्ट्रमा जन्मिएका हुन्। उनको चिनाको नाम शिवजी राव गायकवाड हो।
- उनको मातृभाषा मराठी हो। धेरै भाषाका फिल्ममार्फत् अवार्ड पनि जितिसकेका रजनीकान्तले मातृभाषा मराठीमा फिल्म खेलेका छैनन्।
- उनी हरेक फिल्म रिलिज भएपछि चेन्नई छोड्छन् र अक्सर हिमालयसम्म पुगेर फर्कन्छन्। फिल्म चेन्नई एक्प्रेसमा शाहरुख खानले ‘लुंगी डान्स...‘गीत रजनीकान्तलाई समर्पण गरेका थिए। [ads-post]
- रजनीकान्त भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने नायक हुन भने एसियामा उनी भन्दा अघि ज्याकी च्यानमात्र छन्। उनले एउटा फिल्म खेलेको ६० करोड भारुसम्म पारिश्रमिक लिएका छन्।
- फिल्म क्षेत्रमा आउनुभन्दा पहिले रजनीकान्त बसमा कण्डकक्टर भएर काम गर्थे।
- रजनीकान्तले ५ मे २०१४ मा ट्वीटरमा खाता खोलका थिए। खाता खोलेकै दिन ट्वीटरमा उनलाई २ लाख ५० हजारले पछाएका थिए।
- एक दिनमा यसअघि कुनैपनि सेलिब्रेटीलाई यति धेरै फ्यानले पछ्याएका थिएनन्। उनलाई ट्वीटरमा पछाउनेको संख्या अहिले ३.०४ मिलियन छ।