[right-side]

के–के छन् त फाइदा ? पढ्नुहोस् :


  1. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ । 
  2.  नाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र अवस्थाका कारण ढुसीले बढ्ने अवसर पाउँछ । 
  3.  सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ । 
  4.  यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ । 
  5.  रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ । 
  6.  जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्छन् । 
  7. नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा, अण्डरवेयरको चिन्ता नगर्नुहोस् । 
  8.  नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, नांगै सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ । त्यसैले नाङगै सुत्दा कस्तो हुँदोरहेछ भनेर आजै अनुभव लिइहाल्नोस् ।
Powered by Blogger.